अरिङगालले टोकेर रानाको ज्यान गयो


     एभरेस्ट आवाज    
     असाेज १२ गते २०७९ मा प्रकाशित




प्रतिकात्मक तस्बीर

बागलुङमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ।

बागलुङको जैमिनी नगरपालिका वडा नं. ७ जैदीका ४३ वर्षका ज्ञानबहादुर रानाको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार राना रातको समयमा घर नजिकैको जंगलमा अरिङ्गाल पोल्नेक्रममा अरिङ्गालले टोकेर गंभीर घाइते भएका थिए।

राना स्वास्थ्यचौकीमा सामान्य उपचारपछि घर फर्काइएका थिए। तर, आज मंगलबार बिहान घरमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।