आदर्श सहकारी आर्वामा रक्तदान र स्वास्थ्य सचेतना


     एभरेस्ट आवाज    
     असाेज १३ गते २०७९ मा प्रकाशित




पोखरा–१३, आर्वास्थित आदर्श बचत तथा ऋण सहकारी संस्था लि.ले रक्तदान र स्वास्थ्य सचेतना कार्यक्रम गरेको छ।
संस्थाले आफ्नो वार्षिकोत्सवको पूर्वसन्ध्यामा कार्यक्रमहरु गरेको हो।

संस्थाले आयोजना गरेको खुल्ला रक्तदानमा ३७ युनिट रगत संकलन गरिएको छ।

त्यस्तै, निःशुल्क बाथरोगसम्बन्धी रगत परीक्षण स्वास्थ्य सचेतना कार्यक्रममा ७७ जनाले स्वास्थ्य परीक्षण गराएका छन्।

आदर्श बचत तथा ऋण सहकारी संस्था लि. र लायन्स क्लव अफ भद्रकालीको संयुक्त आयोजनामा रक्तदान तथा सहकारी र नेशनल बाथरोग सेन्टर मुस्ताङचोकको आयोजनामा निःशुल्क रगत परीक्षणको स्वास्थ्य सचेतना कार्यक्रम गरेको हो।

प्रमुख अतिथि पोखरा महानगरपालिका–१३ का वडाध्यक्ष किरण बरालले पहिलो रक्तदाता यज्ञप्रसाद बराललाई ब्लड ब्याग हस्तान्तरण गरी रक्तदानको शुभारम्भ गरे।

सहकारीका अध्यक्ष राजेन्द्रप्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा संयोजक यज्ञप्रसाद बरालले स्वागत र सहकारीका सचिव सूर्यप्रसाद बरालले कार्यक्रम संचालन गरेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।