धादिङ–पोखरा सम्पर्क समाजमा शुभकामना आदान–प्रदान


     एभरेस्ट आवाज    
     असाेज १३ गते २०७९ मा प्रकाशित




धादिङ–पोखरा सम्पर्क समाजले शुभकामना आदान–प्रदान कार्यक्रम गरेको छ।

नेपालीहरुको महानपर्व वडादसैं, दीपावली, छठ, नेपाल संवतलगायतका पर्वको अवसरमा पहिलो पटक पोखराको लेखनाथमा कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रम शुभारम्भ गर्दैै सानिमा बैंकका गण्डकी प्रदेश प्रमुख विष्णुलाल श्रेष्ठले धादिङवासीहरु एकतावद्ध भएर अघि बढेको बताउँदै खुशी व्यक्त गरे। उनले धादिङवासीहरुका हरेक दुःख सुखमा आफूले साथ दिने प्रतिवद्धतासमेत जनाए।

कार्यक्रममा धादिङ त्रिपुरा बाराही महिला समूहकी अध्यक्ष बबिता मल्ल, समाजका निवर्तमान अध्यक्ष कृष्णबहादुर लम्साल, पूर्व अध्यक्ष बलराम खतिवडा, सल्लाहकार रामकृष्ण दुवाडी, नेपाल पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य हरि पन्त, मिजार समाज गण्डकीका अध्यक्ष गोपाल नेपाली, कार्यक्रम संयोजक मीनबहादुर नेपाली, ज्वालामुखी गाउँपालिका ईकाइ अध्यक्ष सरोज कुँवरलगायतले शुभकामना मन्तव्य दिएका थिए।

समाजका अध्यक्ष गोकर्ण लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा सचिव टीकाबहादुर लम्सालले स्वागत र महासचिव सरस्वती श्रेष्ठ ‘सरु’ले कार्यक्रम संचालन गरेकी थिइन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।