नेपाल फेरि पनि साबा महिला बास्केटबलको उपविजेता


     एभरेस्ट आवाज    
     असाेज १३ गते २०७९ मा प्रकाशित




नेपालले साबा महिला बास्केटबल च्याम्पियनसीपमा उपविजेतामै चित्त बुझाएको छ।

माल्दिभ्ससँग भएको पहिलो खेलमा हार बेहोरेको नेपालले पछिल्ला २ खेलमा भुटान र श्रीलंकालाई हराएको थियो।

तर, च्याम्पियनसीपको राउन्ड रोविन अन्तर्गत अन्तिम खेलमा हिँजो माल्दिभ्सलाई ७२–५९ ले हराउँदै श्रीलंका च्याम्पियन बन्यो।

यसअघि, सन् २०१६ मा नेपालमा भएको पहिलो संस्करणमा पनि श्रीलंका विजेता बन्दा नेपाल दोस्रो भएको थियो। प्रतियोगितामा नेपालसहित श्रीलंका, माल्दिभ्स र भुटान सहभागी थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।