रामपुर । गाउँमा बाजा बज्न थालेपछि दसँै लाग्यो भन्ने आभाष हुन्थ्यो । यो परम्परा सुन्दा नयाँ पुस्तालाई अहिले अनौठो लाग्न पनि सक्छ । यो संस्कृति हिजोआज गाउँघरमा भने देख्न पाइदैन । बुढापाकाका अनुसार गाउँमा मादल, सहनाई, ट्याङ्को, झुर्मा र ढोलक बज्न थालेपछि दसँै सुरु भयो भन्ने जनमानसमा सङ्केत गर्दथ्यो ।
बाद्यबादकसहित नौमती, पञ्चेबाजको तालमा गाउँभरी सरसफाइ गरेर दसँैलाई स्वागत गर्ने परम्परा अहिले कतै देख्न र सुन्न पाइदैन । पाल्पाको रामपुरमा भने पुरानो संस्कतिलाई यसवर्षदेखि जोगाउने अभियान सुरु भएको छ । रामपुर नगरपालिका–६ बाट दसैँमा बाजा बजाएर सरसफाइ गर्ने संस्कार थालनी भएको छ ।
पुरानो परम्परा गाउँमा हराउँदै जान थालेपछि अहिले युवा पुस्तालाई रीतिरिवाज, संस्कार संस्कृति सिकाउन बाजा बजाएर सरसफाइ अभियान थालनी गरिएको तालपोखरा टोल विकास समितिका अध्यक्ष थिरलाल ढकाल बताउछन । समाजलाई सही दिशामा अगाडि बढाउन राम्रा खालका पुरानो संस्कृति पनि अवलम्बन गर्नु आवश्यक रहेको हँुदा ती संस्कृतिले पर्वमा विशेष महत्व झल्काउने भएकाले संस्कृति संरक्षणमा वडाबाटै अभियान थालनी गरेको वडाध्यक्ष दिवाकर देवकोटाले बताए ।
तालपोखरा युवा समूहले बाजा बजाएर सरसफाइ कार्यमा जुटेका स्थानीयवासीलाई स्वागत गरेका हुन् । विभिन्न प्रतिभा भएका व्यक्तिको बसोबास रहेको यस समाजका बालबालिका, युवा तथा ज्येष्ठ सदस्य सामूहिक रुपमा बाजा बजाएर दसँैलाई स्वागत कार्यमा जुटेको बताउछन, तालपोखरा युवा समूहका अध्यक्ष हरि थापा ।
यसरी सामाजिक कार्यमा निस्कँदा आफूसँग भएका प्रतिभा बाहिर ल्याउने अवसर बनेको छ, भने अर्कोतर्फ हराउँदै गएको संस्कृति जगेर्ना गर्ने माध्यम बनेको उनको भनाइ छ । सो कार्यक्रममा बालबालिका, युवापुस्ता मात्रै नभइ ज्येष्ठ नागरिकको उत्साहजनक सहभागिता छ ।
समुदायबाटै बाजा बजाएर दसैँलाई स्वागत गर्ने कार्य नौलो मान्दै नयाँ पुस्ताले सरसफाइ कार्यमा सक्रियतापूर्वक जुटेका छन् । यस्ता समाजमा चलनचल्तीमा रहेका संस्कृतिलाई अवलम्बन गर्दै निरन्तरता दिन यहाँको वडा कार्यालयले सुरु गरेको अभियानमा सहभागीले नयाँ पुस्तामा संस्कृति सिक्ने वातावरण बनेको बताएका छन् ।
वडामा रहेका ११ वटै टोल विकास समितिमार्फत सरसफाइ अभियान सुरु गरी अहिले वडाका सबै टोल बस्तीमा सरसफाइ कार्यक्रम चलिरहेको वडासचिव वासुदेव ढकाल बताउछन । यहाँका स्थानीयवासीले वडा कार्यालयको सहयोगमा मौलिक संस्कृतिलाई अनुशरण गरी पहिलेजसो नै बाजा बजाएर गाउँघर सरसफाइ अभियान कार्यमा सहभागी हँुदा बल्ल दसँै आएको अनुभूति गर्छन, स्थानीयवासी हुमा देवकोटा ।
यस अभियानको अन्य स्थानमा पनि सिको गरियो भने परम्परागत संस्कृति संरक्षण हुनेछन् । यस्ता कार्यमा स्थानीय सरकारले चासो दिएर काम गर्नुपर्नेछ । वडाका ११ वटै टोल विकास संस्थाको सक्रियतामा सरसफाइ अभियान कार्यक्रम सुरु गरिएको छ । पछिल्लो समय पिङ राख्ने र खेल्ने परम्परा गाउँघरमा हराउँदै जाँदा वडा कार्यालयले सबै टोलमा कम्तीमा एकवटा पिङ राख्ने अभियान ल्याएको छ । सबै टोल विकास संस्थालाई वडा कार्यालयमार्फत पिङ राख्न एक÷एक वटा डोरी उपलब्ध गराउने वडाले जनाएको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







