पोखरा । सामाजिक सेवामा अग्रणि संस्था लायन्स क्लव अफ पोखरा ब्युटिसिटीले मानव सेवा आश्रम हेम्जामा आश्रितहरुलाई एक छाक भोजन दान गरेको छ । क्लवको बार्षिक कार्यक्रम अनुसार दशैंको अवसर पारेर आश्रममा आश्रित ९९ जना नारायणहरुलाई(पुरुष आश्रित) भोजन खुवाइएको क्लबका अध्यक्ष सबि शेरचनले जानकारी दिइन् ।
भोजन दान कार्यक्रम क्लवका सक्रिय सदस्य मिलन मुल्मीको संयोजकत्व र स्पोन्सरमा भएको हो । आश्रममा भोजन गराउन पाउदा आफूलाई आनन्द अनुभूति भएको मुल्मीले बताइन् ।
कार्यक्रममा लायन्सको रिजन चेयरपर्सन शिला शर्मा, जोन चेयर पर्सन महेश श्रेष्ठ, लायन्स क्लव अफ पोखरा ब्युटिसिटीका सदस्यहरु र मुल्मी परिवारको उपश्थिति थियो ।
परिवारबिहिन तथा सडकबाट बिक्षिप्त अवश्थामा उद्दार गरिएका ९९ जना असहाय नारायणहरु अहिले आश्रममा आश्रित रहेको मानब सेवा आश्रम पोखरा खाखाका संयोजक होमनाथ तिमिल्सिनाले बताए ।
यस अघि छोरेपाटनमा लिजमा रहेको आश्रम हेम्जा बाबियातरामा रहेको थापा गुठीको जग्गामा स्थानान्तरण गरिएको हो । बाबियातरामा १० करोड लगानिमा २०० जना अट्ने सुबिधा सम्पन्न आश्रम निर्माणाधिन रहेको संयोजक तिमिल्सिनाले बताए । उहांका अनुसार हाल ४० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । लिजमा जग्गा लिई निर्माण गरिएको छोरेपाटनको आश्रममा पनि हाल ६६ जना राधा(आमा) हरु रहेका छन् । उहांहरुलाई पनि चांडै हेम्जा आश्रममै सार्ने तयारी भइरहेको तिमिल्सिनाले जानकारी दिए । आश्रममा एक छाक शाकाहारी भोजन दान गर्न चाहनेलाई रु १८ हजार ५ सय लाग्ने बताइन्छ ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







