दलबहादुर कुँवरले ताप्लेजुङ–पाथीभरा म्याराथन दौडको उपाधि जितेका छन्।
दौडमा सहभागी १३४ जनालाई पछि पार्दै निर्धारित ४२ किलोमिटर दूरी ४ घण्टा १२ मिनेट २७ सेकेन्डमा पार गरेर कुँवर विजयी बनेका हुन्। कुँवरले नगद १ लाख ५१ हजार १ सय ५१ रुपैयाँ पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरे।
दौडमा त्रिभुवन आर्मी क्लबका खगेन्द्रबहादुर भाट दोस्रो भए। खगेन्द्रले ४ घन्टा १२ मिनेट ५७ सेकेन्डमा निर्धारित दूरी पार गरे। भाटले १ लाख, १ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्राप्त गरे।
त्यस्तै, निर्धारित दूरी ४ घण्टा १२ मिनेट ५८ सेकेन्डमा पार गर्दै राजन मेयोङबा तेस्रो भए। उनले ५१ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्राप्त गरे।
यस्तै, पाथीभरा महिला हाफ म्याराथन प्रतियोगिताको उपाधि ताप्लेजुङ मैवाखोला गाउँपालिका–६ की साम्पाल्मु शेर्पाले जितिन्।
निर्धारित २१ किलोमिटर दूरी शेर्पाले ३ घण्टा ४१ मिनेट ९ सेकेन्डमा पार गर्दै प्रथम भएकी हुन्। शेर्पाले ८१ हजार १ सय ११ रुपैयाँका साथ प्रमाणपत्र प्राप्त गरिन्।
यस्तै, भोजपुरकी छेम्बिमाया राई दोस्रो बनिन्। उनले ४ घण्टा ९ मिनेटमा दूरी पार गर्दै ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गरिन्। त्यस्तै, मिक्वाखोला गाउँपालिका–३ लिबाङकी १६ वर्षकी पेम्बालामु शेर्पा तेस्रो बनिन्। उनले ४ घण्टा ३१ मिनेट ५४ सेकेन्डमा दुरी पार गर्दै ३१ हजार १ सय ११ रुपैयाँ प्राप्त गरिन्।
ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सवको तेस्रो दिन म्याराथन भएको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







