मधेसका सबै जिल्लाबाट सिधै रिपोर्टिङ लिने: प्रचण्ड


     एभरेस्ट आवाज    
     असाेज १४ गते २०७९ मा प्रकाशित




फाइल तस्विर : पुष्प कमल दाहाल प्रचण्ड अध्यक्ष, नेकपा माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस प्रदेशको अवस्थाबारे जिल्ला तहबाटै रिपोर्टिङ लिने भएका छन् । मधेस प्रदेश कमिटी बन्न नसकेपछि उनले मधेसका ८ जिल्लाको चुनावी गतिविधि र पार्टीका अन्य काम कारबाही सिधै जिल्लाबाट लिने छन् ।

आगामी मङ्सिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभा चुनावको अवधिभर प्रचण्डले मधेसका ८ जिल्लाको अवस्थाको सिधै केन्द्रबाट हेर्ने पार्टीका पोलिटब्यूरो सदस्य विश्वनाथ साहले बताए ।

जिल्ला कमिटी बनिसकेकाले त्यहीँबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, पोलिटब्यूरो र स्थायी समितिसमेत सहभागी भएर पार्टीको काम गर्न निर्देशन दिइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।