१ हजार ५६७ जना संक्रमणमुक्त, संक्रमितको संख्या २ लाख १८ हजार १६१ पुग्यो


     एभरेस्ट आवाज    
     मंसिर १७ गते २०७७ मा प्रकाशित




मंसिर १७ काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५६७ जना संक्रमण मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख १८ हजार १६१ पुगेको छ ।

सोही अवधीमा १हजार ४९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
८ हजार ३०० जनामा परीक्षण गर्दा महिला ५६५ र पुरुष ९२५ जना थपिएका हुन् ।

यस्तैे ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
यो संगै संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५३८ पुगेको छ ।

यसैबीच देशभर सक्रिय संक्रमित १६ हजार ४५७ जना रहेका छन् भने हालसम्म कोरोना निको हुने दर ९२.३ प्रतिशत रहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।