पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा २ बृद्धले जिते कोरोना


     एभरेस्ट आवाज    
     मंसिर १७ गते २०७७ मा प्रकाशित




मंसिर १७ पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रिय अस्पताल अन्र्तगत कोभिड–१९ उपचार केन्द्रमा उपचाररत थप दुई जना बुधबार ‘डिस्चार्ज’ भएका छन् ।

कोरोना संक्रमित भई सो केन्द्रमा उपचाररत उनीहरु आज कोरोना संक्रमणमुक्त भइ घर फर्किएको अस्पतालले एक विज्ञप्तीमार्फत जनाएको छ ।

‘डिस्चार्ज’ हुनेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ का ६० वर्षिय बृद्ध र स्याङ्जाको वालिङ–६ का ७० वर्षिय बृद्ध छन् ।

माछापुच्छ्रेका बृद्धमा गत मंसिर १० गते र वालिङका बृद्धमा मंसिर ४ गते कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।