अपाङ्गता भएका व्यक्तिहरुको २९ औं अन्र्तराष्ट्रिय दिवसको अघिल्लो दिन अपाङ्ग महासंघलाई सामाजिक विकास मन्त्रालयले जिल्यायो


     एभरेस्ट आवाज    
     मंसिर १७ गते २०७७ मा प्रकाशित




गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले हल उपलब्ध नगराएपछि राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशले मन्त्रालयको पेटीमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेको छ । मन्त्रालयले पहिले दिन्छु भनेर पत्रकार बोलाउन लगाएपनि पछि हल उपलब्ध नगराएपछि मन्त्रालयको पेटीमै महासंघले पत्रकार भेटघाट आयोजना गरेको हो ।

अपाङ्गता भएका व्यत्तिहरुको २९ औं अन्र्तराष्ट्रिय दिवस (३ डिसेम्बर)को अवसरमा सामाजिक विकास मन्त्रालयसँगकै सहकार्यमा आयोजना गर्ने साप्ताहिक कार्यक्रमबारे बुधबार मन्त्रालयको हलमा पत्रकार भेटघाट कार्यक्रम गर्ने भनिएको थियो । सोहि अनुसार आयोजक राष्ट्रिय अपाङ्ग महासंघका पदाधिकारी तथा पत्रकारहरु तोकिएकै समय अपराह्न ३ बजे सामाजिक विकास मन्त्रालय प्राङ्गण पुगेका थिए । तर राष्ट्रिय अपाङ्ग महासंघलाई दिने भनिएको हलमा अर्कै कार्यक्रम भइरहेको भन्दै करीब १ घण्टा कुराईयो । १ घण्टा कुर्दापनि कार्यक्रम नसकिएपछि महासंघले मन्त्रालय परिसरकै पेटीमा ब्यानर टाँगेर पत्रकार भेटघाट कार्यक्रम आयोजना ग¥यो ।

पत्रकार भेटघाटको शुरुमै राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेश अध्यक्ष खोमराज शर्माले मन्त्रालयले दिन्छु भनेको हल अन्तिममा नदिएको प्रति आपत्ति जनाए । उनले अपाङ्गता भएकाहरुलाई राज्यले कसरी हेर्छ भन्ने कुरा यस घट्नाले छर्लङ्ग पार्ने बताए । हामीपनि बेवारिसे संस्था होईनौं,‘उनले भने,‘हाम्रो संस्था हल नै जुटाउन नसक्ने हैसियत नभएको संस्था होईन, हामीलाई पहिले नै जानकारी दिएको भए पेटीमा कार्यक्रम गर्नु पर्ने थिएन ।’ उनले राज्यले अपाङ्गता भएकाहरुलाई सँधै हेला, दुब्र्यबहार र मानमर्दन गर्ने गरेको र आजपनि त्यहि ब्यबहार दोहो¥याएको आरोप लगाए । ‘अपाङ्गता भएकालाई कसरी विभेद गरिन्छ, कसरी हेला गरिन्छ र दुव्र्यवहार गरिन्छ भन्ने यसले छर्लङ्ग पारेको छ’–उनले भने ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयकी सामाजिक विकास महाशाखा प्रमुख जमुना पौडेलले भने हल अन्तिम समयमा उपलब्ध गराउन नसकेकोप्रति माफी मागिन् । हलमा ठूला मान्छेहरुको कार्यक्रम भएकाले आफूले केहि भन्न नसकेको भन्दै उनले आगामी दिनमा यसलाई सुधार्ने प्रतिबद्धता जनाईन् ।

राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशले २९ औं अन्र्तराष्ट्रिय दिवस (३ डिसेम्बर)को अवसरमा साप्ताहिक कार्यक्रम गर्ने जनाएको छ । जस अन्तर्गत पहिलो दिन आज पत्रकार भेटघाट कार्यक्रम तथा कोभिड–१९ ले अपाङ्गता भएका व्यक्तिहरुमा पारेको प्रभाव विषयमा भर्चुअल अन्र्तक्रिया गरेको जनाएको छ ।

त्यस्तै मंसिर १८ गते मूल कार्यक्रम हुने र सो कार्यक्रमपनि भर्चुअल नै हुने, मंसिर २१, २२ र २३ गते स्थानिय तहसँग अपाङ्गताको सवालमा छुट्टाछुट्टै अन्र्तक्रिया (भर्चुअल), र मंसिर २२ गते नै अपाङ्गता भएका महिलामाथि हुने हिंसा र न्यायमा पहुँच विषयक अन्र्तक्रिया कार्यक्रम गर्ने जनाइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।