गोरखकाली मन्दिरको दसैंघरबाट काठमाण्डौको हनुमानढोकामा रहेको दसैंघरमा फूलपाती लगिएको छ।
गोर्खामा विधिपूर्वक गएराति संंकलन गरिएको फूलपाती आज (आइतबार) बिहान मोटरमा राखेर हनुमानढोका पठाएको हो।
गोरखकाली मन्दिरका पूजारी र सुसारेले अघिल्लो दिन गोर्खा नगरपालिका वडा नम्बर ८ को पिप्लेफाँटमा विधिपूर्वक संकलन गरेको फूलपाती काठमाण्डौ पठाइएको गोर्खा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुषालले बताए।
दरबार परिसरको चण्डीथानका पूजारी कुलबहादुर थापा र नेपाल प्रहरीका सिपाही देवकुमार थापा बा २ झ ३८८२ नम्बरको सरकारी गाडीमा फूलपाती लिएर काठमाण्डौ गएका हुन्।
फूलपाती पठाउने क्रममा बाजागाजासहित हर्षोल्लास मनाइएको थियो। तत्कालीन राजा पृथ्वीनारायण शाहले काठमाण्डौ राज्य जितेपछि गोर्खाबाट फूलपाती हनुमानढोका दसैंघरमा लैजाने परम्परा बसेको हो।
उनले विसं १८२५ सालमा काठमाण्डौमा विजय प्राप्त गरेका थिए। त्यतिबेला गोर्खा, धादिङ हुँदै हनुमानढोकामा फूलपाती लैजाने परम्परा रहेको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







