टीकापुर । इलाका प्रहरी कार्यालयले पाँच महिनामा लागुऔषध दुव्र्यसनीका ७० मुद्दा दर्ता गरेको छ । इलाका प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले टीकापुरमा दुव्र्यसनीको सङ्ख्या बढ्न थालेको बताए ।
दुव्र्यसनी बढ्न थालेपछि टीकापुरको शान्ति र सुरक्षामा समेत समस्या आएपछि शनिबार टीकापुरस्थित संवाद समूहले सरोकारवालासँग छलफल थियो । छलफलमा उनले ७० वटा मुद्दा दर्ता भएको र दुव्र्यसनीको सङ्ख्या बढ्दै गएकोमा चिन्ता गरे ।
प्रहरी प्रमुख शाहीले कैलालीको ८५ किलोमिटर सीमा खुला भएका कारण भारतबाट लागुपदार्थ सहजरुपमा भित्रने गरेको बताए । यसैगरी अर्का सञ्चालक सौरभ रावलले लागुऔषध नियन्त्रणका लागि प्रत्येक अभिभावक सचेत हुन जरुरी छ भने । टीकापुरस्थित सामुदायिक सेवा केन्द्रका अध्यक्ष हरि तिमिल्सेनाले सामुदायिक सेवा केन्द्रले दुव्र्यसनी रोक्न चेतनामुलक कार्यक्रम गरिरहेको बताए ।
उनले टीकापुरमा मात्र ४३ वटा टोल समिति बनाएर अपराध नियन्त्रण तथा शान्ति सुरक्षाका बारेमा काम गरिरहेको जानकारी गराए । नेपाल रेडक्रस सोसाइटी टीकापुर शाखाका सभापति दत्तबहादुर विष्टले दुव्र्यसनी कम गर्ने सवालमा अभिभावकको भूमिका नै महत्वपूर्ण भएकाले अभिभावक सचेत हुनपर्छ भने ।
नेपाली कांग्रेसका नगरसभापति नरेशकुमार खत्री, नेकपा एमालेका नगर अध्यक्ष ध्रुव खत्री, नेकपा समाजवादीका जिल्ला सदस्य जगदीश्वर पण्डित, संवाद समूहका सदस्य भुवनेश्वर अधिकारीलगतयले लागुऔषध नियन्त्रणमा सबैले इमान्दारीपूर्वक भूमिका र्निबाह गर्नुपर्नेमा जोड दिए ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







