लायन्स क्लब अफ पोखरा ब्युटिसिटीको पदस्थापन सम्पन्न


     एभरेस्ट आवाज    
     असाेज १६ गते २०७९ मा प्रकाशित




पोखरा । “वि सर्भ” अर्थात हामी सेवा गर्छौं भन्ने मूल मन्त्रले स्थापित अन्तरराष्ट्रिय स्वयंसेवी संस्था लायन्स क्लव अफ पोखरा ब्युटिसिटीको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । पदस्थापन कार्यक्रमको पहिलो सत्रको अध्यक्षता क्लवका लायन बर्ष २०२१/२२ का अध्यक्ष बिष्णु बास्तोला र दोश्रो सत्रका अध्यक्ष बर्ष २०२२/२३ का अध्यक्ष सबि शेरचनले गरेका थिए ।

लायन्स क्लव इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे का गभर्नर तथा पदस्थापन अधिकृत ध्रुब श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै कार्यक्रमका बिशेष अतिथि पोखरा महानगर पालिका वडा नम्बर ९ का अध्यक्ष दीपेन्द्र मर्सानीले सामाजिक सेवाका क्षेत्रमा लायन्स र स्थानीय सरकार हातेमालो गरेर अगाडि बढ्नु पर्नेमा जोड दिए । कार्यक्रममा स्वागत निबर्तमान अध्यक्ष तथा रिजन चेयर पर्सन शिला अधिकारीले,शुभकामना मन्तब्य पूर्व अध्यक्ष तथा डिष्ट्रिक्ट चिफ नबिना श्रेष्ठ र जोन चेयर पर्सन महेश श्रेष्ठ लगायतले दिएका थिए ।
पदस्थापित क्लव पदाधिकारीहरुलाई डिष्ट्रिक्टका सेकेण्ड भिडिजि तथा एक्स्टेन्सन चेयर मिलन थापाले सपथ गराएकि थिइन् ।
कार्यक्रममा नेपाल लाइफ फाउन्डेसनमा सबि शेरचनले ग्राण्ड एन एल एफ, शिला अधिकारीले मेगा एन एल एफ र राधा श्रेष्ठ, दुर्गा मर्सानी,नबिना श्रेष्ठ, कल्पना सिग्देल, बिन्दिया पुन,शिबकुमारी छेत्रीले एन एल एफ प्रदान गरेका थिए ।त्यस्तै हन्ड्रेड क्याम्पियन (एकसय डलर बराबर) मा संस्थापक अध्यक्ष लायन चिनु गुरूङ र अध्यक्ष लायन सबि शेरचनले योगदान प्रदान गरेका छन् ।
कार्यक्रमको संचालन पहिलो सत्रको लायन बर्ष २०२१/२२ कि सचिब कल्पना बास्तोला र दोस्रो सत्रको लायन बर्ष २०२२/२३ की सचिब राधा श्रेष्ठले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।