पोखरा । विकासलाई राजनीतिसंग जोड्न नहुने राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश कुमार गुरुङले बताएका छन् ।
‘हाम्रो जन्मभूमि, हाम्रो औसेलुचौर’ पोखरा २३ को आयोजनामा विजया दशमी, शुभ–दिपावली, नेपाल सम्वत् तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदन प्रदान तथा चम्राले पिङ उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
गुरुङले हाम्रा मौलिक चाडपर्वले सबैमा सुख, शान्ति र समृद्धि ल्याउने विश्वास व्यक्त गर्र्दै समाजमा विकास निर्माणका कार्यहरुमा राजनीतिक आस्थाकै कारण भाजो हाल्ने परिपाटीको अन्त्य गर्नुपर्नेमा जोड दिए ।उनले खेलकुद क्षेत्रको विकासका लागि राज्यका विभिन्न निकाय र स्थानिय स्वम लाग्न सकेमा यसले समाजमा सकरात्मक सन्देश जानेपनि बताए । गुरुङले औसेलुचौरमा खेल पुर्वाधारहरुको विकासका लागि .पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
गुरुङले सो अवसरमा स्थानिय यूवाहरुलाई भलिबल, जाली लगायतका खेल समाग्री हस्तान्त्रण गरेका थिए ।
कार्यक्रममा पोखरा २३ का पुर्व वडाध्यक्ष विष्णु प्रसाद पराजुलीले औसेलुचौरमा पुर्वाधारका हिसावले भलिबलको सम्भावना प्रचुर रहेको भन्दै गाउँमा व्यवस्थीत भलिबल मैदानका लागि पहल गरिदिन आग्रह गरे ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समिति कास्कीका सचिव भिम पराजुलीले दशै लगत्तै गाउँका विभिन्न योजनाहरुको निर्माणले गति लिने बताए ।
औसेलुचौर टोल सुधार समितिका अध्यक्ष मोतीलाल पराजुलीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्थानिय दीपक पराजुली, गोविन्द चापागाईं लगायतले बोलेका थिए ।
सोही कार्यक्रममा ९६ हजार ११० रुपैयाँको लागतमा निर्मित चम्राले पिङ र फलामको बेन्चकोपनि आजनै उद्घाटन गरिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







