निसीखाेला । निसीखाेला गाउपालिका वडा न. ५ स्थित निसी प्रहरी चाैकीले दशै, तिहार तथा छठ पर्वकाे अवसरमा शुभकामना आदानप्रदान गरेकाे छ ।
चाैकीले निसीखाेला गाउपालिका तथा वडा प्रतिनिधि तथा विभिन्न राजनैतिक दल,विभिन्न सराेकारवालाहरुका विचमा आज शुभकामना आदानप्रदान गरेकाे हाे । कार्यक्रममा आफ्नै भवनमा चाैकी व्यवस्थापन गर्ने याेजनाका साथ जग्गा खरिद प्रकृयामा भएकाे विवादमा छलफल भएकाे छ ।

उक्त अवसरमा पुर्व गाविस अध्यक्ष नर बहादुर घर्तीमगरले आफ्नो कार्यकालमा सरकारसंग निकै लामाे संघर्ष गरेर निसीवासीकाे शान्ति र सुरक्षाका लागि चाैकीकाे स्थापना गरेकाे तर अहिलेसम्म पनि चाैकीकाे आफ्नै भवन नहुनु दुखद भएकाे बताए । उनले चाैकी स्थापना भएकाे यत्रो लामाे समयसम्म पनि समाजमा विकास र समृद्धिका निम्ति अहिलेका युवामा एकरुपता नभएकाे गुनासाे गरे ।
“शान्ति सुरक्षा हाम्रै समाजका लागि आवाश्यक छ भन्ने न अहिलेका युवामा चेतना छ न समाजमा”उनले भने,समाज विकासमा राजनैतिक एकता र युवाहरुकाे सकरात्मक चेतना भएकाे भए चाैकी अहिलेसम्म यसरी अस्थायी भवनमा हुने थिएन,हामी त डाडा माथिकाे घाम भयाै, हाम्रो पालामा धेरै गरेयाै,अब युवापुस्ताले नवीन तरिकाले संघर्ष गर्नेपर्छ ।”
भवनकाे जग्गा व्यवस्थापन समितीका उपाध्यक्ष थमन घर्तीमगरले जग्गा चाैकीकाे नाममा पास भैसकेपछि पनि एकाध विराेधीहरुले चलखेल गरेर याेजनालाई विवादित बनाउनु समाजमा विकासकाे एजेन्डामा एकता नभएकाे पुष्टि भएकाे गुनासाे गरे । उनले जग्गा खरिद प्रकृयामा केही व्यक्तिले समितीसंग छलफल नै नगरी जग्गाधनिसंग निर्णाय गरिएकाेले पनि थप विवादित हुन गएकाे बताए ।
साेहि अवसरमा गाउपालिका प्रमुख सुर्य बहादुर घर्तीमगरले पालिका भित्रकाे भाैतिक विकासमा स्थानिय सरकार संवेदनशील रहेकाेले जस्ताेसुकै समस्या समाधानमा पनि सामुहिक हातेमालाे र प्रकृयागत रुपमा सहयाेग गर्न तयार रहेकाे बताए । विकासचाैकीका असई लिलामणी उपाध्ययले समाजमा शान्ति स्थापना र सुरक्षा प्रदान गर्ने कुरामा कुनै कसुर बाकी नराख्ने प्रतिवद्दता व्यक्त गरे ।
कार्यक्रममा नेकपा माअाेवादी केन्द्रका हिरा बहादुर पुन,नेकपा एमालेका राेविन मगर,नेपाली कांग्रेसका ढाल बहादुर छन्त्याल,वडा नं ६ का वडाध्यक्ष सुर्यमान बुढामगर लगाएत सराेकारवालाहरुले छिटाे भन्दा छिटाे विवादित जग्गा खरिद प्रकृयाकाे विषय समाधान गरि चाैकी आफ्नै भवनमा स्थापना गर्ने प्रकृया सुरु गर्न माग गरेका थिए ।
गत वर्ष चाैकी भवन निर्माणका लागि ३ राेपनी ५ आना क्षेत्रफलकाे जग्गा अनुदानकाे रुपमा पास गरिएकाे थियाे । साेही जग्गा अामा बढीमाला घर्तीमगरले जग्गा दिएकाे भन्दै छाेराले अदालतमा मुद्दा दर्ता गरेका छन् । साे चाैकी २०५४ सालमा स्थापना गरिएकाे हाे । गत महिना जग्गा व्यवस्थापन समितिका अध्यक्ष देविराम घर्तीमगरकाे पनि निधन भएकाे छ ।
यी सबै विवाद समाधानमा ठाेस पहल गर्नका लागि आगामी २० गते स्थानिय सरकार,विभिन्न सराेकारवाला निकायविच पुन: बैठक बस्ने निर्णय समेत गरिएकाे गाउपालिकाका उपाध्यक्ष प्रेम घर्तीमगरले बताएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







