दशैंको टिका लगाउनका लागि तयार पारेर राखिएको टिका जमरा
नेपालीको महान चाँड बदादशैंको आज मुख्य दिन, टिकाको साईत ११ बजेर ५१ मिनेटमा रहेको छ । साईत खोजेर टिका लगाउनेका लागि सो समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको हो । यद्यपी सामान्य मानिसले टिका लगाउन साईत कुर्न नपर्ने समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले बताए । राज्य सन्चालकका लागि उत्तम साइत आवश्यक पर्ने भएपनि अन्य सामान्य नागरिकका लागि उत्तम साईत कुर्न नपर्ने उनको भनाई छ ।
राज्य सञ्चालकले शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकोले साइत दिइएको अधिकारीले बताए । उनका अनुसार साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ ।
‘आज टिका लगाउँदा टीका लगाइमाग्ने पश्चिम र लगाइदिने पूर्व फर्कनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिले घटस्थापना गरी जमरा राखेको स्थानमा आह्वान गरिएका देवीलाई विसर्जनको साइत आज बिहान १० बजेर ३४ मिनेटमा तोकिदिएको छ ।
आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ । नेपालको पुर्वी क्षेत्रमा बिजयादशमीदेखि कोजाग्रत पुर्णिमाको दिनसम्म नै टिका लगाउने चलन छ । तर पश्चिमी क्षेत्रमा भने बिजयादशमीका दिनमा मात्रै टिका लगाउने चलन छ । केहि केहि क्षेत्रमा भने बिजयादशमीमा टिका लगाउन नभ्याउनेले कोजाग्रत पुर्णिमाको दिन टिका लगाउने गरेको पाईन्छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







