प्रज्ञा प्रतिष्ठानमा कुलपति र सदस्यसचिव रिक्त


     एभरेस्ट आवाज    
     असाेज २० गते २०७९ मा प्रकाशित




नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायको चार वर्षे कार्यकाल आजदेखि पूरा हँुदैछ । उहाँहरुको २०७५ असोज २१ गते नियुक्ति भएको थियो । प्राज्ञ परिषद्का अन्य नौ सदस्यको कार्यकाल भने आगामी पुस १ गते सकिनेछ । प्राज्ञ डा देवी नेपालका अनुसार रिक्त पदमा उपकुलपति डा जगमान गुरुङले निमित्त कुलपति र प्राज्ञ परिषद् सदस्य तथा साहित्य (पद्य÷काव्य) विभाग प्रमुख प्राडा हेमनाथ पौडेलले निमित्त सदस्यसचिवको कार्यभार वहन गर्नुहुनेछ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।