राष्ट्रसंघको विशेष सभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने


     एभरेस्ट आवाज    
     मंसिर १७ गते २०७७ मा प्रकाशित




मंसिर १७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन गर्ने भएका छन् ।

यही डिसेम्बर ३ र ४ तारिखमा हुन लागेको कोभिड– १९ सम्बन्धी विशेष सभालाई प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले गर्ने सम्बोधनको भिडियो रेकर्ड गरेर महासभा पुर्‍याइसकिएको र पहिलो दिननै प्रधानमन्त्रीको सम्बोधन हुने मन्त्रालयका प्रवक्ता सेवा लम्सालले बताइन् ।

कोभिड–१९ को महामारी र यसले पारेका प्रभावहरुको बारेमा सम्बोधन हुने विशेष सभामा विश्वका नेता, राष्ट्रसंघका उच्च अधिकारी र भ्याक्सीनको विकास गरिरहेका कम्पनीका प्रमूखहरुले सम्बोधन गर्नेछन् ।

सो महासभामा जम्मा १४१ वक्ताहरु रहने छन् । त्यसमध्ये ५३ राज्यप्रमुख, ३९ सरकार प्रमुख र ४ उप्रधानमन्त्री र ३८ जना मन्त्रीहरु रहेका छन् ।

नेपालले कोभिड–१९ को सम्बन्धमा हुने गरेका अन्तर्राष्ट्रिय छलफलमा सक्रियतापूर्वक सहभागिता जनाउँदै आएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।