भारतको महाराष्ट्रमा बसमा आगो लाग्दा ११ जनाको ज्यान गयो, ३८ जना घाइते


     एभरेस्ट आवाज    
     असाेज २२ गते २०७९ मा प्रकाशित




भारतको महाराष्ट्रमा आज शनिवार बिहान गुडिरहेको एउटा बसमा आगो लाग्दा कम्तीमा ११ जनाको ज्यान गएको छ । बसमा रहेका अन्य ३८ जना यात्रु घाइते भएका छन् ।

बसले ट्रकलाई ठक्कर दिएपछि बसमा आगो लागेको थियो । घाइतेहरूको नासिक अस्पतालमा उपचार भइरहेको छ ।महाराष्ट्रको नासिक सहर र औरंगाबाद सडक खण्डअन्तर्गत नंदूरनाका क्षेत्रमा बसमा आगो लागेको भारतीय प्रहरीले पुष्टि गरेको छ ।

यसैबीच महाराष्ट्रका मुख्यमन्त्रीले यस घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई पाँच–पाँच भारु क्षतिपूर्ति दिने घोषणा गर्नुभएको नासिकका संरक्षक मन्त्री दादा भुसेले जानकारी दिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।