गठबन्धनबाट कास्की-२ मा नेकपा एसका श्रीनाथ बराल उम्मेदवार


     एभरेस्ट आवाज    
     असाेज २२ गते २०७९ मा प्रकाशित




सत्तारुढ गठबन्धनबाट कास्की क्षेत्र नम्बर २ मा नेकपा एकीकृत समाजवादीका श्रीनाथ बराल उम्मेदवार बनेका छन् । गठबन्धनको भागवण्डामा कास्की २ पाएपछि नेकपा एसलेले बराललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । कास्कीमा नेकपा एसले एउटा प्रतिनिधि सभा क्षेत्रमात्र पाएको छ । प्रदेश सभा सदस्य भने नेकपा एसले कास्कीमा पाएको छैन ।

पुराना एमाले नेता बराल माधव नेपालका प्रिय पात्र मानिन्छन् । नेपालले एमाले फुटाएर नेकपा एस बनाउँदा बरालले कास्कीमा दह्रो साथ दिएका थिए । एमालेमा रहँदा ईमान्दार नेताका रुपमा चिनिएका बराल अवसर नपाएका नेताका रुपमा परिचित छन् । उनलाई ओली गुटले सँधै पाखा लगाएर राखेको आरोप लाग्ने गरेको थियो । त्यहि भएर नेता नेपालले कास्कीका नेताहरुलाई ओली गुटले अन्याय गरेकाले यसपटक न्याय गर्ने बताउने गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।