नेकपा माओवादी केन्द्रले कास्कीका सबै क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ । सत्ता गठबन्धनबीच कास्की क्षेत्र नम्बर १ को (क), क्षेत्र नम्बर २ को (क) र क्षेत्र नम्बर ३ को (क) माओवादीले पाउने सहमति भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गएराती कास्कीका सबै क्षेत्रमा उम्मेदवार टुंगो लगाएका हुन् । माओवादी निकट श्रोतका अनुसार गठबन्धनबाट कास्की क्षेत्र नम्बर १ को (क)मा दीपक कोईराला उम्मेदवार बनेका छन् । युवा नेता कोईराला यसअघि २०७४ सालमा सोहि क्षेत्रबाट निर्वाचित भएका थिए । उनी निवर्तमान गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति हुन् ।
कास्की क्षेत्र नम्बर २ को (क)मा माओवादीले विश्वप्रकाश लामिछानेलाई उम्मेदवार बनाएको छ । गठबन्धनबाट उम्मेदवार बनेका लामिछाने नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीका निवर्तमान अध्यक्ष तथा पोखरा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष हुन् ।
त्यस्तै, नेकपा माओवादी केन्द्रले कास्की ३ को (ख)मा दुर्गादत्त भण्डारीलाई उम्मेदवार बनाएको छ । सत्तागठबन्धनबाट उम्मेदवार बनेका उनी अवसर नपाएका नेता मध्येका एक हुन् । यसअघि कास्की ३ को (क) पाउने भनिएपनि कास्की ३ को (ख) माओवादीले पाएको बताइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







