कास्की–२ मा गठबन्धनले गर्यो उम्मेदवारी दर्ता


     एभरेस्ट आवाज    
     असाेज २३ गते २०७९ मा प्रकाशित




कास्की–२ मा गठबन्धनबाट श्रीनाथ बरालले उम्मेदवारी दर्ता गरेका छन् । नेकपा एकीकृत समाजवादीका उनी पूर्व जिविस उपसभापति हुन् ।

कास्की–२ को (क) गठबन्धनबाट विश्वप्रकाश लामिछानेले उम्मेदवारी दर्ता गरे । उनी नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीका निवर्तमान अध्यक्ष हुन् ।

कास्की–२ को (ख) मा गठबन्धनबाट नेपाली कांग्रेसका विन्दुकुमार थापाले उम्मेदवारी दिएका छन् । २०७४ सालको निर्वाचनमा यहि क्षेत्रबाट निर्वाचित थापा गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।