बागलुङमा बच्चाले लाईटर चलाउँदा घरमा आगलागी भएको छ । बागलुङ नगरपालिका वडा नम्बर ३ गुठी बस्ने दलबहादुर किसानको छोरा अन्दाजी ८÷९ वर्षका बालकले लाईटर खेलाउने क्रममा आगलागी हुँदा घर जलेर खरानी भएको हो ।
बुधबार दिउँसो करीब सवा ११ बजे घरको बिच तलामा लाईटर खेलाउने क्रममा आगलागी शुरु भई ढुंगा,माटोको २ तले घर पूर्ण रुपमा जलेर खरानी भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
आगलागीबाट मानवीय र चौपाया क्षेति नभएपनि नगद ५२ हजार, ३ तोला सुन, कपडा, फर्निचर, विद्युत मिटर बक्सलगायत जलेर नष्ट भएको प्रहरीको भनाई छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा,असार २पोखरामा अन्तर्राष्ट्रिय ओलम्पिक दिवस मनाउन शुरु गरिएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक…







