नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भोली (सोमबार) बाट ह्याण्डबलका खेलहरु सुरु सुरु हुने भएको छ।
पुरुषतर्फ गण्डकी प्रदेश र मधेश प्रदेशबीच उद्घाटन खेल हुनेछ। उद्घाटन खेल विहान ८ बजे हुँदैछ।
राष्ट्रिय खेलकुद परिषद प्राविधिक उपसमिति र नेपाल ह्याण्डबल संघले जारी गरेको खेल तालिकाअनुसार सोमबार बिहान ८ बजे हुने खेलमा गण्डकी र मधेश भिड्ने भएका हुन्। आठौंं राष्ट्रिय खेलकुदमा गण्डकी स्वर्ण पदक विजेता थियो भने नेपाल आर्मीले काँस्य पदक जितेको थियो।
नवौं राष्ट्रिय खेलकुदअन्तर्गत २० औं राष्ट्रिय पुरुष तथा ११ औं महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिताको खेल तालिकाअनुसार पुरुषतर्फ समुह ‘ए’ मा गण्डकी, बाग्मती, मधेश प्रदेश, आर्मी र कर्णाली प्रदेश रहेका छन् भने सुमह ‘बी’ मा एपीएफ, लुम्बिनी, प्रदेश नं १ र सूदूर पश्चिम छन्। त्यसैगरी, महिलातर्फ समुह ‘ए’ मा एपीएफ, लुम्बिनी, सूदूर पश्चिम र गण्डकी तथा समुह ‘बी’ मा नेपाल आर्मी, प्रदेश नं १, बाग्मती, मधेश प्रदेश र कर्णाली प्रदेश रहेका छन्।
नेपाल ह्याण्डबल संघका महासचिव सन्देश रेग्मीका अनुसार उद्घाटन खेल सोमबार दिउँसो ३ बजे हुनेछ। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आयोजना हुने नवौं राष्ट्रिय अन्तर्गत सोमबार महिलातर्फ ३ र पुरुषतर्फ ५ गरी ८ वटा खेल सञ्चालन हुनेछन्। नवौं राष्ट्रियमा ह्याण्डबल खेल असोज २९ गतेसम्म संचालन हुनेछ।
भोली (सोमबार) पुरुषतर्फ विभागीय आर्मीविरुद्ध बागमती, एपीएफविरुद्ध लुम्बिनी, प्रदेश–१ विरुद्ध सूदूरपश्चिम र गण्डकीविरुद्ध कर्णालीबीच खेल हुनेछ। त्यस्तै, महिलातर्फ प्रदेश–१ विरुद्ध कर्णाली, विभागीय नेपाल आर्मीविरुद्ध मधेश प्रदेश र गण्डकीविरुद्ध एपीएफबीच खेल हुनेछन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







