फाइल तस्बीर
विश्वमै कोरोना खोप ठूलो संख्यामा वितरण गर्ने विश्वकै पहिलो मुलुक बन्ने दौडमा रहेको रुसले त्यहाँ कोरोना विरुद्धको खोप स्पुतनिक–५ प्रयोगको अनुमति दिइएको छ।
रुसी राष्ट्रपति भ्लादमिर पुटिनले कोभिड–१९ विरुद्धको खोप ठूलो संख्यामा आम सर्वसाधारणलाई लगाउन शुरु गर्न निर्देशन दिएका हुन्।
बेलायतले फाइजर तथा बायोएनटेकलाई बेलायतमा कोरोना विरुद्धको खोप लगाउन अनुमति दिए लगत्तै रुसी राष्ट्रपति पुटिनले भिडियो कन्फ्रेन्स मार्फत् अधिकारीहरुलाई आम रुसमा खोप कार्यक्रम संचालन गर्न निर्देशन दिएका हुन्।
रुसमा हालसम्म कोरोना भाइरसका कारण २३ लाखभन्दा बढी संक्रमित भइसकेका छन् भने मृत्यु हुनेको संख्या ४१ हजार बढी छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







