प्रतिनिधि सभा सदस्का लागि कास्की–२ मा १८ जनाले उम्मेदवारी दिएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यका लागि यस क्षेत्रमा १३ दल र ५ स्वतन्त्र गरी १८ जनाले उम्मेदवारी दिएका हुन् ।
यस क्षेत्रमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका श्रीनाथ बराल, एमालेकी विद्या भट्टराई, राप्रपा नेपालबाट अजय विश्वकर्मा, राष्ट्रिय जनमुक्ति पार्टीका ईश्वरबहादुर राना, आमूल परिवर्तन मसिहा पार्टीका गिताबहादुर रोका, नेमकिपाका पशुपति प्रजापती, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बालकुमार राई, जसपाका बुद्धिकुमारी गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेल, हाम्रो नेपाल पार्टीका शिरिष गुरुङ, राप्रपाका सुवर्णराज पन्त, जनमत पार्टीका महेन्द्र शर्मा र मंगोल नेसनल अर्गनाईजेसनका ज्ञानराज गुरुङले उम्मेदवारी दिएका छन् ।
त्यस्तै स्वतन्त्रबाट पोखरा–८ का ऋगेन्द्र गिरी, पोखरा–१७ का गीता नाथ, पोखरा–१२ का जमुना वर्षा, पोखरा–२८ का तारानाथ सुवेदी र पोखरा–२३ का महादेव गुरुङले उम्मेदवारी दिएका छन् । स्वतन्त्रबाट उम्मेदवारी दिएका गुरुङ पूर्व मन्त्री तथा कांग्रेस नेता हुन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







