कास्की–२ को (ख) मा ६ दल र ३ स्वतन्त्र गरी ९ को उम्मेदवारी


     एभरेस्ट आवाज    
     असाेज २४ गते २०७९ मा प्रकाशित




कास्की–२ को (ख) मा ९ जनाले उम्मेदवारी दिएका छन् । आगामी मंसिर ४ गते हुने प्रदेश सभा सदस्यको निर्वाचनमा यस क्षेत्रमा ६ दल र ३ स्वतन्त्र गरी ९ जनाले उम्मेदवारी दिएका हुन् ।

प्रदेश सभा सदस्यका लागि कास्की–२ को (ख) बाट ठूला पार्टीहरु गठबन्धनबाट नेपाली कांग्रेसका विन्दुकुमार थापा र नेकपा एमालेकी मीना गुरुङले उम्मेदवारी दिएका छन् ।

यो क्षेत्रमा राप्रपाका अरुण गिरी, नेपाल सुशासन पार्टीका कृष्ण भुजेल, जसपाका धनबहादुर परियार र मंगोल नेसनल अर्गनाईजेसनका लक्ष्मण विश्वकर्माले उम्मेदवारी दिएका छन् ।

स्वतन्त्रबाट पोखरा–२७ का मोनिका तामाङ, स्याङ्जाका लिलमाया पुन गुरुङ र श्रमिक घर्ती क्षेत्रीले उम्मेदवारी दिएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।