नेपाली कांग्रेस कास्कीका पूर्व सभापती प्रजातान्त्रिक सेनानी लिलाभक्त आचार्यलाई पत्नीशोक परेको छ।
आचार्यकी कान्छी श्रीमती योगमाया आचार्यको ७८ बर्षको उमेरमा मंगलबार पोखरामा निधन भएको हो।
स्व. योगमाया लामो समयदेखि बिरामी भई गण्डकी मेडिकल कलेज पोखरामा उपचाररत थिइन्।
उनको मंगलबार नै सेती नदीको शान्तिघाटमा दाहसंस्कार गरिएको छ।
उनको पार्थिव शरिरमा नेपाली कांग्रेस कास्कीका पूर्व सभापती एवं अग्रज नेता शुक्रराज शर्माले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे।
नेपाली कांग्रेसलाई अत्यन्तै माया गर्ने र धार्मिक सामाजिक क्षेत्रमा अतुलनिय योगदान पु¥याएकी आचार्यको निधनले मर्माहत बनाएको उनले बताए।
प्रजातन्त्र सेनानी लिलाभक्त आचार्यलाई राजनैतिक जीवनमा अगाडि बढाउनका लागि उनको अतुलनीय योगदान रहेको स्मरण गर्दै यस दुखद् घडीमा आचार्य परिवारलाई उनले समवेदना समेत अर्पण गरे।
नेपाली कांग्रेस वडा नं १७ का सभापति देवराज आचार्यले ईकाईको सल्लाहकार समेत रहेका लिलाभक्त आचार्यकी धर्मपत्नीको निधनसँगै पार्टीले एक असल अविभावक गुमाएको भन्दै शोक शन्तब्ध परिवारजनमा गहिरो समवेदना प्रकट गरे।
नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष एवं महिला नेतृ बिमला भण्डारीले स्व. योगमाया आमाको निधनले दुःखी बनाएको बताइन्।
नेपाली कांग्रेस वडा नं १७ ले समन्वय गरेको कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सदस्य पुण्डरीप्रसाद बराल, युवक लामिछाने, नम्रता बराल, नेपाली कांग्रेसका नेता माधव बराल, कास्की क्षेत्र नं २ का पदाधिकारी, वडा ईकाई १७ का उपाध्यक्ष दिपेन्द्र बराल, सचिव डीआर भट्टराईलगायत कास्कीका कांग्रेस नेताहरु, धार्मिक सामाजिक व्यक्तिहरुको उपस्थिति थियो ।
स्व. आचार्यको २०६९ साउन २५ गते कृष्णजन्माष्टमीका दिन पती लिलाभक्त आचार्यसँगै रथयात्रा र सार्वजनिक अभिनन्दन गरिको थियो।
स्व. आचार्यका श्रीमान् लिलाभक्त, जेठी दिदी तुलसी र माहिली दिदी स्व. गौरा आचार्यसहित ५ छोरा, ५ छोरी छन्।
स्व. आचार्यका ५ छोराहरु शिव, बिष्णु, हरिभक्त, बिश्वनाथ र कृष्णभक्त तथा ५ छोरीहरु बसन्ती, लक्षिमा, देवका, कौशिला र हरिकुमारी छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







