कास्की–३ को (ख) मा ८ दलका ८ जनाको उम्मेदवारी


     एभरेस्ट आवाज    
     असाेज २४ गते २०७९ मा प्रकाशित




कास्की–३ को (ख) मा ८ जनाले उम्मेदवारी दिएका छन् । आगामी मंसिर ४ गते हुने प्रदेश सभा सदस्यको निर्वाचनमा यस क्षेत्रमा ८ दलका ८ जनाले उम्मेदवारी दिएका हुन् ।

कास्की–३ को (ख)मा ठूला दलतर्फ गठबन्धनबाट कांग्रेसका प्रकाश बराल र एमालेका राजिव पहारीले उम्मेदवारी दिएका छन् ।

त्यस्तै, यस क्षेत्रमा जसपाका गोरे दमै, राप्रपा नेपालका चिना दवाडी, मंगोल नेसनल अर्गनाईजेसनका मनतोष घले, नेकपा माओवादी समाजवादीका रामवृक्ष धोवी÷रजक, हाम्रो नेपाली पार्टीका सुनिल ढकाल र राप्रपाका हरिराम भण्डारीले उम्मेदवारी दिएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।