पोखरा । गण्डकी प्रदेशमा ३९ वर्षपछि दोस्रो पटक राष्ट्रिय खेलकुद प्रतियोगिता शुरु हुँदा प्रदेश खेलकुद परिषद गण्डकी मंगलबारबाट नेतृत्व विहिन हुने भएको छ । परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले मंगलबारदेखि उमेर हदका कारण अनिवार्य अवकास बस्न पर्नेभएपछि परिषद नेतृत्व विहिन हुन पुगेको हो ।
गण्डकी प्रदेश सरकारले वि.स. २०७७ कार्तिक २४ गते संसदबाट प्रदेश खेलकुद विकास ऐन २०७७ पारित गरेपछि २०७७ चैत १ गतेको मन्त्रिपरिषदको निर्णयद्वारा गुरुङ सदस्य सचिवमा नियुक्त भएका थिए ।
६० वर्षे उमेर हदबन्दीका कारण अनिवार्य अवकाश पाएका सदस्य सचिव गुरुङले अवकास हुनु अघिल्लो दिन पोखरामा पत्रकार सम्मेलन गर्दैै उनले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा ३९ वर्षपछि सञ्चालन हुनु आफु र आफ्नो टीमका लागि सुवर्ण अवसरका रुपमा अर्थाए । उनले यो अवसरलाई सफल पार्न सबै गण्डकी बासीलाई आह्वान गरे । प्रतियोगिता यही असोज २८ देखि कार्तिक ३ गतेसम्म कास्कीसहित विभिन्न ८ जिल्लामा सञ्चालन हुँदै छ ।
सो अवसरमा गुरुङले आफ्नो झण्डै १९ महिने कार्यकालमा प्रदेशको खेलकुद क्षेत्रलाई माथि उठाउन शुरुवात गरेका विभिन्न योजना र तिनले पारेको प्रभावका विषयमा प्रकाश पारे । उनले आफ्नो कार्यकालमा विभिन्न ४ खम्बे रणनितिक योजनाहरु बनाएर ‘राष्ट्रिय गरिमा र सामाजिक रुपान्त्रणका लागि खेलकुद’ लाई लक्षित गर्दै विभिन्न कार्यक्रम सार्वजनिक गरेको बताए ।
विशेष गरेर गुरुङको कार्यकालमा उत्कृष्ट खेलाडी उत्पादन र सुनिसश्चत शैली, अनुशन्धनात्मक कार्य, सबैका लागि खेलकुद, क्षमता अभिवृद्धि र सुशासन, पूर्वाधार एवं श्रोत परिचालन लगायतका कार्यक्रमहरु शुरु गरिएको बताए ।
कार्यक्रममा परिषदले तयार पारेको खेल्छ गण्डकी नामक वार्षिक बुलेटिनको परिषदका उपाध्यक्ष धोजकुमार गुरुङ र सदस्य सचिव गुरुङले संयुक्तरुपमा सार्वजनिक गरेका थिए । कार्यक्रमको सञ्चालन परिषदका कार्यकारी सदस्य श्रषिराम गौतमले सञ्चालन गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







