उम्मेदवारले आफूविरुद्ध परेको उजुरीको जवाफ आज दिनुपर्ने


     एभरेस्ट आवाज    
     असाेज २५ गते २०७९ मा प्रकाशित




प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दर्ता भएका उम्मेदवारविरुद्ध परेको उजुरीवारे जवाफ दिनका लागि आज (असोज २५ गते, मंगलबार) समयसीमा तोकिएको छ।

२३ असोजमा उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध २४ असोजमा परेको उजुरीको जवाफ दिन आज अपरान्ह २ बजेसम्मको समयसीमा तोकिएको हो।

प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छेदारसहितका उम्मेदवारविरुद्ध उजुरी परेको छ।

देशैभरका उम्मेदवारमाथि परेको उजुरीपछि आयोगले सो उजुरीबारे आजै जवाफ दिन सबन्धित उम्मेदवारलाई सुचना टाँस गरी सवन्धित निर्वाचन कार्यालयले जानकारी गराएको छ।

उता, निर्वाचन आयोगका अनुसार बुधबार बिहान १० देखि अपरान्ह १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिनका लागि समयसीमा तोकेको छ।

बुधबार अपरान्ह ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यक्रम छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।