नवौं राष्ट्रिय खेलकुद : फेन्सिङतर्फको पुरुष फोयल टिम इभेण्टमा वागमतीलाई स्वर्ण


     एभरेस्ट आवाज    
     असाेज २६ गते २०७९ मा प्रकाशित




पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत फेन्सिङ खेलमा बागमती प्रदेशले थप एक स्वर्ण पदक जितेको छ । पोखरामा बुधबार भएको फेन्सिङको पुरुष फोयल टिम ईभेन्टमा बागमतीले नेपाली सेनालाई पराजित गर्दै स्वर्ण पदक जितेको हो । योसँगै वागमतीले फेन्सिखेलमा मात्र स्वर्ण पदक संख्या ३ पु¥याएको छ ।

पोखरा रंगशालास्थित व्याडमिन्टन कोर्टमा भएको फाईनल प्रतिस्पर्धामा नेपाली सेनाले रजत पदकमा चित्त बुझाउँदा सुदुर पश्चिम र प्रदेश नं १ ले कास्य पदक हात पारेका छन् । फेन्सिङमा प्रदेश नम्बर १ को यो पहिलो सहभागिता हो । फेन्सिङको अंक तालिका अनुसार वागमती प्रदेश र्शिष स्थानमा उक्लेको छ ।

वागमतीले ३ स्वर्ण, एक रजत सहित ४ पदक प्राप्त गरेको छ । त्यसैगरी नेपाल आर्मीले दुई स्वर्ण, ४ रजत र ६ कास्य सहित १२ पदक प्राप्त गरेको छ । शसस्त्र प्रहरीले १ स्वर्ण, २ रजत र ५ कास्य सहित ८ पदक प्राप्त गर्दै तेश्रो हुँदा सुदूरपश्चिम प्रदेशले १ स्वर्ण पदक सहित चौथो स्थान सुरक्षित गरेका छन । गण्डकी प्रदेश र प्रदेश नम्बर १ ले एक÷एक कास्य पदक प्राप्त गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।