उम्मेदवारको अन्तिम नामावली प्रकाशन

- प्रतिनिधिसभातर्फ २,४१२ र प्रदेशसभातर्फ ३,२२४ उम्मेदवारहरु प्रतिस्पर्धामा


     एभरेस्ट आवाज    
     असाेज २७ गते २०७९ मा प्रकाशित




निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेशसभाका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ ।

आयोगले मंसिर ४ मा हुने आमनिर्वाचनको कार्यतालिकाअनुसार हिजो उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो ।

आयोगका अनुसार प्रतिनिधिसभाका लागि २,४१२ उम्मेदवार चुनावी मैदानमा उत्रने भएका छन्। ११९ जना उम्मेदवारले मनोनयन फिर्ता लिएका छन्।

यसैगरी, प्रदेशसभातर्फ ३,२२४ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ। प्रदेशसभातर्फ २५७ जनाले उम्मदवारी फिर्ता लिएका छन्। उम्मेदवारी दिनेहरुमा प्रतिनिधिसभातर्फ २,१८७ पुरुष र २२५ जना महिला छन् भने प्रदेशसभातर्फ २,९४३ जना पुरुष र २८० जना महिला रहेका छन्। अन्यमा १ जना रहेको आयोगले जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।