गण्डकी । पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी गणेशबहादुर भट्टराई ३९ वर्ष अघि २०४० सालमा पोखरामा सम्पन्न दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिताको दर्शक हुनुहुन्थ्यो । आज त्यही पोखरामा चार दशकपछि नवौंँ राष्ट्रिय खेलकुदको भव्य समारोहबीच औपचारिक उद्घाटन हुँदैछ ।
तत्कालीन समयमा दर्शकका रुपमा रङ्गशालामा आएका भट्टराईलाई त्यही प्रेरणाले अन्ततः अन्तर्राष्ट्रिय खेलाडीका रुपमा स्थापित ग¥यो । निरन्तरको अभ्यास र लगावका कारण राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका बक्सिङ प्रतियोगितामा आफूलाई अब्बल सावित गर्न सफल भट्टराई सन् १९९० मा पाकिस्तानमा सम्पन्न चौथो दक्षिण एशियाली खेलकुदका ‘सिल्भर मेडलिस्ट’ छन ।
उनी सन् १९८९, १९९० र १९९१ मा लगातर बक्सिङमा राष्ट्रिय च्याम्पियन बनेका थिए । सन् १९८७ मा पहिलो पटक जुनियर राष्ट्रिय प्रतियोगितामा सहभागी भएका उनले पहिलो सहभागितामा नै जुनियर च्याम्पियनको उपाधि हासिल गर्दै स्वर्ण पदक जितेका थिए । सन् १९८८ मा पनि जुनियर राष्ट्रिय च्याम्पियनसीपमा उनले स्वर्ण पदक जितेका थिए ।
नेपालले सन् १९९८ मा काठमाडौँमा भएको दक्षिण एशियाली खेलकुद साग मा दुई स्वर्ण, पाँच रजत र दुई कास्य पदक जित्दा उनी नेपाली टोलीको व्यवस्थापक थिए । फुटबल खेलसँगसमेत संलग्न भट्टराईले अखिल नेपाल फुटबल सङ्घ एन्फाको केन्द्रीय सदस्य हुँदै उपमहासचिवसम्मको जिम्मेवारी निर्वाह गरिसकेका थिए ।
प्रत्येक राष्ट्रिय खेलकुद प्रतियोगिता खेलाडीको भाग्य र भविष्य निर्धाण गर्ने महत्वपूर्ण अवसरका रुपमा रहने भट्टराई बताउछन । प्रत्येक युवालाई खेलमा आकर्षित गर्नु जरुरी रहेको उल्लेख गर्दै उनले राष्ट्रिय खेलकुद भइरहेको अवस्थामा पोखरा र आसपासका अभिभावकले आफ्ना बालबच्चालाई रङ्गशालामा ल्याएर खेल देखाउनुपर्ने बताए ।
पछिल्ला समयमा युवा विद्यार्थीमा मोबाइलमा झुम्मिने लतका कारण सिर्जनात्मकतामा कमी आउँदै गएको र कतिपय लागुऔषध जस्ता दुव्र्यसनीमा फसिरहेको जनाउँदै उनीहरूलाई स्वस्थ राख्नका लागि खेलप्रतिको लगाव बढाउनु जरुरी भएको उनको भनाइ छ । युवालाई अनुशासित बनाउन पनि खेलको महत्व रहेको उनले बताए ।
नेपाली खेलकुदका क्षेत्रमा अझै धेरै विकृति विसङ्गति कायमै रहे पनि त्यसलाई हटाउँदै खेलको विकास गर्नु जरुरी रहेको उनको भनाइ छ । पोखरामा हुँदै गरेको नवौँ राष्ट्रिय खेलकुदले ठूलो सङ्ख्याका खेलाडीको भाग्य र भविष्य तय गर्ने जनाउँदै उनले यो नयाँ राष्ट्रिय खेलाडी तयार गर्ने महत्वपूर्ण अवसर भएको बताए ।
सात प्रदेशसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी तीन विभागीय र एक गैर आवासीय नेपाली सङ्घएनआरएन गरी कूल ११ टोलीबीच प्रतिस्पर्धा हुने नवौँ राष्ट्रिय खेलकुदमा एक हजारभन्दा बढी पदकका लागि प्रतिस्पर्धा हुने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले जानकारी दिए ।
यस राष्ट्रिय खेलकुदमा स्वर्ण तीन सय ९३, रजत तीन सय ९३ र कास्य छ सय पदकका लागि प्रतिस्पर्धा हुनेछ । यस राष्ट्रिय खेलकुदले धेरै खेलाडीका लागि उनीहरूको खेल जगतको सुनौलो भविष्यको मार्ग तय गर्ने उनले बताए ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







