बेगनासतालमा डुंगा पल्टदा एक जनाको मृत्यु


     एभरेस्ट आवाज    
     असाेज ३० गते २०७९ मा प्रकाशित




बेगनास तालमा डुंगा पल्टदा एक जनाको मृत्यु भएको छ।

पोखराको माझीकुना स्थित बेगनासतालमा शुक्रबार डुंगा पल्टदा एक पुरुषको मृत्यु हो ।

पोखरा १३ बाझापाटन घर भएका ३८ वर्षीय लालबहादुर गुरुङको तालमा डुबेर मृत्यु भएको हो। गुरुङले माझीकुनाको एक स्थानीय होटलबाट आफै कायक डुंगा लिएर तालमा घुम्न गएकाे प्रहरीकाे भनाई छ।

उनीसँगै उनको साली नाता पर्ने महिला पनि कायक डुंगा लिएर गएकोमा गुरुङ डुबेपछि सहयोगका लागि गुहार मागेकी थिइन्। त्यसलगत्तै, महिलाको उद्धार गरेर खोजीकार्य थाले पनि गुरुङ भने फेला परेका थिएनन्।

करिब साढे चार बजे डुबेका गुरुङको शव दुई घण्टापछि फेला परेको थियो।

पाँच वर्षदेखि अस्ट्रेलिया बस्दै आएका गुरुङ चाड-बाड मनाउन नेपाल आएका थिए। लाइफ ज्याकेट नलगाई आफै डुंगा लिएर जाँदा दुर्घटना हुन पुगेको प्रहरीको भनाई छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।