यस वर्षपनि पोखरामा भाइटीका महोत्सव हुँदै


     एभरेस्ट आवाज    
     असाेज ३० गते २०७९ मा प्रकाशित




होटल संघ पोखरा नेपालले तिहारका अवसरमा यस वर्षपनि भाइटिका महोत्सवलाई निरन्तरता दिदैँछ।

संघले यस वर्षको तिहारमा (आउँदो कात्तिक १० गते) १५ औँ संस्कारणको भाइटीका महोत्सव २०७९ आयोजना गर्ने भएको हो।
लेकसाइडस्थित मम्स गार्डेन रिसोर्टमा यो महोत्सव आयोजना गरिने भएको हो।

संस्कृतिका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्दै पर्यटन क्षेत्रमा आशा जगाउने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको हो।

कोभिड–१९ लगायत विविध कारण पर्यटन क्षेत्र निकै मारमा परेको भन्दै सुवेदीले आपसी भाइचारा अभिवृद्धि गर्दै पर्यटन पुनःरुत्थानमा महोत्सवले सघाउने विश्वास लिइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।