राष्ट्रिय खेलकुद: हालसम्म १४० स्वर्ण पदकको छिनोफानो, ६१ स्वर्णसहित १२८ पदक जित्दै आर्मी अगाडि


     एभरेस्ट आवाज    
     कार्तिक १ गते २०७९ मा प्रकाशित




नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा हालसम्म १४० स्वर्ण पदकको छिनोफानो भएको छ।

त्यसमध्ये विभागीय आर्मीले ६१ स्वर्णसहित अग्रता कायम गरेको छ। आर्मीले ३९ रजत र २८ कास्य गरी कूल १२८ पदकसहित अग्रता कायम गरेको हो।

त्यस्तै, विभागीय नेपाल पुलिसले २३ स्वर्ण, १७ रजत र २५ कास्यसहित ६५ पदकसहित दोस्रो स्थानमा छ।

अर्को विभागीय सशस्त्र प्रहरी बल एपीएफले १६ स्वर्ण, २५ रजत र ३३ कास्यसहित ७४ पदक जित्दै तेस्रो स्थानमा छ।

त्यसैगरि, बागमती प्रदेशले १४ स्वर्ण, २२ रजत र २३ कास्यसहित ५९ पदकका साथ चौथो स्थानमा छ।

गण्डकी प्रदेशले १० स्वर्ण, ८ रजत र २० कास्यसहित ३८ पदक जित्दै पाँचौ स्थानमा छ।

त्यस्तै, गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ६ स्वर्ण, ६ रजत र ४ कास्य गरी १६ पदकसहित छैटौं स्थानमा छ।

प्रदेश–१ ले ३ स्वर्ण, ८ रजत र २१ कास्य गरी ३२ पदकसहित सातौं स्थानमा छ।

मधेश प्रदेश २ स्वर्ण, ३ रजत र ७ कास्य गरी १२ पदकसहित आठौं स्थानमा छ।

सुदूरपश्चिम प्रदेश २ स्वर्ण, १ रजत र ११ कास्य गरी १४ पदकसहित नवौं स्थानमा छ।

लुम्बिनी प्रदेशले १ स्वर्ण, ९ रजत र १२ कास्य जित्दै दशौं स्थानमा छ।

त्यस्तै, कर्णालीले १ स्वर्ण, १ रजत र २ कास्य गरी ४ पदकसहित अन्तिममा छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।