पोखरा । नदीपुर प्रहरी बिट निर्माण समिति पोखरा ३ ले मंगलवार दिपावली नेपाल सम्वत ११४३ र छठ पर्वको सन्दर्भमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।
सोहि अवसरमा प्रहरी बिट नदीपुरबाट सरुवा भई जान लागेका वरिष्ठ प्रहरी हवल्दार गौतम श्रेष्ठको बिदाई तथा नव आगन्तुक बिट इन्चार्ज प्र.ह.देवबहादुर घर्तिमगरलाई स्वागत गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर ३ का निवर्तमान वडा अध्यक्ष रबिन्द्रबहादुर प्रजुले खादा र मायाको चिनो प्रदान गरि बिदाई गरेका थिए ।
झण्डै ३ बर्ष नदीपुर बिट इन्चार्ज भई बसेको श्रेष्ठले स्थानीयसंग समन्वय र सहकार्य गरि शान्ति सुरक्षा अमन चयन र बिकृति बिसंगति न्यूनिकरणमा महत्वपूर्ण सफलता प्राप्त गरेको प्रमुख अतिथि प्रजुले बताए । उनले अहोरात्र कर्तब्यनिष्ठ भई खटेर स्थानीयको मन जितेको बक्ताहरुले बताएका थिए । कार्यक्रममा रा .प्र.पा.का नेता मोतिमान शाक्य,नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमिल्सिना पंगेनी, नदीपुर टोल बिकास संस्थाका पूर्व अध्यक्ष सबिता तामाड.लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
व.प्र.ह.श्रेष्ठको नदिपुरबाट लामाचौर बिटमा सरुवा भएको हो ।
नदिपुरमा स्थानीयको अर्थ संकलन पहलमा ३७ लाखको लागतमा हालै मात्र प्रहरी बिट भवन निर्माण गरिएको निर्माण समितिका अध्यक्ष सहदेव बांनियाले जानकारी दिए ।
कार्यक्रम समितिका अध्यक्ष बांनियाको अध्यक्षतामा भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







