पोखरा । गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितमा पदक जितेको पोखरा महानगरका खेलाडीलाई महानगरले आज नगदसहित सम्मान गरेको छ ।
राष्ट्रिय खेलकुदमा सहभागी भई पदक जितेका महानगरवासी खेलाडी तथा प्रशिक्षक गरी ४१ जनालाई नगद पुरस्कारबाट सम्मान गरिएको हो । पोखरा महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काका अनुसार हालसम्म प्रतियोगिताका विभिन्न विधामा गण्डकी प्रदेशबाट सहभागी भएका पोखरा महानगरवासी खेलाडीले पाँच स्वर्णपदक जितेका छन् ।
यसैगरी दुई वटा कास्य तथा पाँच रजत पदक पोखराका खेलाडीको नाममा छ । स्वर्णपदक विजेतालाई प्रतिपदक नगद रु १५ हजार (व्यक्तिगत) तथा समूहमा सहभागी प्रतिखेलाडी नगद रु पाँच हजार, कास्यपदक विजेतालाई प्रतिपदक रु १० हजार ९व्यक्तिगत० तथा समूहमा सहभागी प्रतिखेलाडी नगद रु पाँच हजार र रजतपदक विजेता खेलाडीलाई प्रतिपदक नगद रु पाँच हजारका दरले सम्मान गरिएको हो ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, सहायक प्रमुख प्रशासकीय अधिकृत जितेन्द्रजङ्ग केसी लगायतले खेलाडीलाई सम्मान गरे । हालसम्म पुरुष ह्यान्डबल बल ९समूह०, ‘फुल कन्ट्रयाक्ट करातेका अभिषेक तामाङ र अनिश बुढामगर, बडीविल्डिङका विवेक हमाल र प्रदीप रेग्मीले स्वर्णपदक प्राप्त गरेका छन्।
यसैगरी फुल कन्ट्याक्ट करातेकैरूपक नेपाली र शिव भुजेलले कास्यपदक प्राप्त गरेका छन् । प्रतियोगिता सम्पन्न हुँदासम्म पदक प्राप्त गर्ने बाँकी खेलाडीलाई प्रतियोगिता समापनलगत्तै सम्मान गरिने महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए । खेलकै दौरानमा खेलाडीलाई गरिएको सम्मानले थप हौसला मिल्ने उनले विश्वास व्यक्त गरे । खेलाडीमा सकारात्मक ऊर्जाको प्रवाहका महानगरले सदैव खेलाडी तथा खेलकर्मीका साथमा रहेर काम गर्ने आचार्यले प्रतिबद्धता जनाए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







