गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले तनहुँमा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले बचमिच्याईंका आधारमा पुल उद्घाटन गरेको आरोप लगाएका छन् । मन्त्री गुरुङले मन्त्रालयकै लेटर प्याडमा विज्ञप्ती निकाले यस्तो आरोप लगाएका हुन् । उनले पुल निर्माण गर्ने सम्बन्धित कार्यालयलाई जानकारी नै नदिई राजनीतिक बलमिच्याईंका आधारमा तनहुँमा पुल उद्घाटन गरिएको दाबी गर्दै सो कार्यप्रति खेद व्यक्त गरेका हुन् । विज्ञप्तीमा भनिएको छ,‘सम्बन्धित कार्यालयसँग जानकारी र समन्वय नगरि अपारदर्शी ढंगले राजनीतिक बलमिच्याईंका आधारमा पुलको उद्घाटन गर्दै हिंड्नु भनेको गलत प्रक्रिया मात्र होईन, आफैमा खेदजनक विषय हो ।’ उनले आगामी दिनमा यस्ता क्रियाकलाप कहिंकतैबाट पनि नदोरियोस् भन्दै चेतावनीसमेत दिएका छन् ।

मन्त्री गुरुङले कथित उपभोक्ता समितिको आयोजनामा अनधिकृत रुपमा नेपाली कांग्रेस पार्टीको दलबलसहित पुलको उद्घाटन गरिएको र यो हाँस्यास्पद र लज्जास्पद विषय भएको टिप्पणी गरेका छन् । यसरी उद्घाटन गरिएको विषयलाई राजनीतिक प्रतिष्ठा र बनाउनु भनेको तनहुँका सिंगो नेपाली कांग्रेस र त्यहाँका नेता कार्यकर्तामा पलाएको हिनग्रन्थीले उत्पन्न बहुलठ्ठीपूर्ण क्रियाकलापबाहेक केही नभएको उनको भनाई छ ।
मन्त्री गुरुङले कांग्रेसको पालामा पुल बनेको भन्ने हल्लाप्रतिपनि घुमाउरो पारामा विरोध गर्दै सो पुल सरकारकै पालामा बनेको दाबी गरेका छन् । उनले संघीय सरकार र गण्डकी प्रदेश सरकारको बजेट तथा कार्यक्रम अन्तर्गत निर्माण हुने विकास निर्माणका सबै कार्यक्रम र परियोजनाहरुको स्वामित्व सम्बन्धित सरकार र त्यस अन्तर्गतका कार्यालय मातहत रहने भन्दै सो योजनाहरुको शिलान्यास र उद्घाटन पनि सम्बन्धित सरकारका निकायहरुसँगको समन्वय र ब्यबस्थापनमा हुने कानूनी प्रक्रिया, मान्यता र प्रचलन रहेको भन्दै त्यसतर्फ ध्यानाकर्षण गराएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाल संवत् ११४७ आज देशभर विभित्र कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस…







