नवौं राष्ट्रिय खेलकुद : ६७३ पदकको छिनोफानो हुँदा आर्मीको फराकिलो अग्रता

- ५६ पदक सहित गण्डकी प्रदेश पाँचौ स्थानमा


     एभरेस्ट आवाज    
     कार्तिक २ गते २०७९ मा प्रकाशित




तस्विर : नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी

पोखरा । गण्डकी प्रदेशमा आयोजना भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबले फराकिलो अग्रता बनाएको छ ।

हालसम्म ६ सय ७३ पदकको छिनोफानो हुँदा आर्मीले ८३ स्वर्ण, ५४ रजत र ३७ कास्य पदक सहित कुल १७४ पदक हात पारिसकेको छ । दोस्रो स्थानमा विभागीय टिम नेपाल पुलिस क्लब रहेको छ । पुलिसले ३४ स्वर्ण, २७ रजत र ३८ कास्यपदक सहित ९९ पदक जितेको छ।

अर्को विभागीय टिम एपीएफले २९ स्वर्ण, ३३ रजत र ४८ काँस्य पदक सहित कुल ११० पदक हात परेको छ ।

यसैगरी बागमती प्रदेशले १५ स्वर्ण, २६ रजत र ३० कास्य सहित कुल ७१ पदक जित्दा गण्डकी प्रदेशले १२ स्वर्ण, १४ रजत र ३० कास्य पदक सहित ५६ पदक आफ्नो पोल्टामा पारेको छ ।

यता सुदुर पश्चिम प्रदेशले ७ स्वर्ण, ४ रजत, १९ कास्य सहित ३० पदक, एनआरएनएले ६ स्वर्ण, ७ रजत ४ कास्य सहित १७ पदक, मधेश प्रदेशले ५ स्वर्ण, ६ रजत र १७ कास्य पदक सहित २८ पदक, प्रदेश १ ले ३ स्वर्ण १५ रजत र ३१ कास्य सहित ४९ पदक जितेका छन्।

त्यसैगरी,लुम्बिनी प्रदेशले ३ स्वर्ण, १२ रजत र १८ कास्य सहित ३३ र कर्णाली प्रदेशले १ स्वर्ण, १ रजत, ४ कास्य पदक सहित ६ पदक हात पारेको आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ। प्रतियोगिता अन्तरगतका खेलहरु जारी रहेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।