नेकपा एमाले कास्की जिल्ला निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले मुलुकको समृद्धिको अभियानलाई सार्थक बनाउन आप्mनो उम्मेदवारी भएको बताएकी छन्।
पोखरा–१७ विरौटामा स्थापना गरिएको निर्वाचन परिचालन कमिटि कार्यालयको मंगलवार उद्घाटन कार्यक्रममा बोल्दै उनले राष्ट्रियता र लोकतन्त्रको रक्षासँगै जनताका आधारभुत आवश्यकता पूरा गर्न एमालेको विकल्प नरहेको बताइन्।
अधुरा काम पूरा गर्ने लक्ष्यका साथ २ बर्षअघि दु:खद अवस्थामा भएको उपनिर्वाचनमा निर्वाचित भएसँगै यस क्षेत्रको भौतिक, सामाजिक एवं मानवीय विकासमा आप्mनो तर्पmबाट सक्दो प्रयास गर्दै आएको स्मरण गराइन्। उनले यस अवधिमा स्वर्गीय रविन्द्र अधिकारीले सुरुवात गरेका कतिपय विकास निर्माणका काम पूरा भएको बताइन्।
नेकपा एमाले केन्द्रीय सदस्यसमेत रहेकी बौद्धिक व्यक्तित्व भट्टराईले भनिन्, ‘मंसीर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा जनताको बलबाट परमादेशको गठवन्धन सरकारलाई विस्थापित गरी जनादेशको सरकार स्थापित हुनेछ।’
भट्टराईले मुलुकका युवा शक्तिलाई विदेशमा नभई स्वदेशी उत्पादनमा जोड्दै व्यवसायिक बनाउन एमालेको सरकारले गरेको अभियानलाई वर्तमान गठवन्धन सरकारले रोकेको बताइन्। पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणसँगै यस क्षेत्रका पहुँच मार्गको स्तरनोन्नति गर्नु पर्ने आवश्यकता उनले औल्याइन्।
नेकपा एमाले केन्द्रीय सदस्य एवं कास्की निर्वाचन क्षेत्र नं. २ (क) का उम्मेदवार भीमबहादुर कार्कीले मुलुकका विपन्न, उत्पीडित, महिला पिछडिएका वर्ग र सुकुम्वासीको उत्थानका लागि पार्टीले महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गरे।
नेकपा एमाले पोलिटव्यूरो सदस्य सीता गिरी ओलीले निर्वाचन परिचालन कार्यालयको उद्घाटन गर्दै जनताका घर–घरमा पुगेर समस्या समाधानतर्पm लाग्न पार्टी नेता तथा कार्यकर्तालाई निर्देशन दिइन्।
कुरा गरेर होइन, काम गरेर पार्टीलाई स्थापित गर्दै जनताका समस्या पहिचान गरि समाधानतर्पm लाग्नुपर्नेमा गिरीले जोड दिइन्। उनले यस क्षेत्रको समग्र विकासमा योगदान पुर्याउन सफल विकासप्रेमी नेता स्व. रविन्द्र अधिकारीको अभाव खड्किएको स्मरण गरिन्।
नेकपा एमाले केन्द्रीय सदस्य तथा कास्की इञ्चार्ज कृष्णबहादुर थापाले पार्टी कार्यकर्ताहरु संगठित भएर सूर्यध्वजावाहक उम्मेदवारलाई विजयी गराउनतर्पm लाग्न आग्रह गरे।
निर्वाचन परिचालन कमिटिका संयोजक शिवराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा एमाले प्रदेश कमिटिका सहसचिव रश्मि आचार्य, बार्यवाहक जिल्ला अध्यक्ष तेजनारायण अधिकारी, जिल्ला कमिटी सदस्य सुष्मा पौडेललगायतले निर्वाचनमा संगठित भएर लाग्नुको विकल्प नभएको बताए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







