नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कात्तिक ४ गते नागरिकसँग टेलिफोनमा कुराकानी गर्दैछन्।
ओलीले हिँजो मंगलवार फेसबुकमा एक तस्बीर सार्वजनिक गर्दै कात्तिक ४ गते शुक्रवार नागरिकसँग प्रत्यक्ष टेलिफोन कुराकानी गर्ने जानकारी दिएका हुन्। आउँदो चुनावका लागि केन्द्रीत रहेर ओलीले नागरिकको सुझाव लिन खोजेको बताइएको छ।
अध्यक्ष ओलीसँग कुराकानी गर्न चाहनेले आफ्नो नाम र नम्बर ओलीको फेसबुक पेजको म्यासेज बक्समा पठाउनुपर्ने छ। नम्बर पठाउनेलाई आफैँ फोन गरेर कुराकानी गर्ने ओलीले पोस्ट गरेको फोटोमा उल्लेख छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







