नवौं राष्ट्रिय खेलकुद : कबड्डी पुरुषतर्फ आर्मी र लुम्बिनी फाइनल प्रवेश, सुदुर पश्चिम र प्रहरीलाई कास्य


     एभरेस्ट आवाज    
     कार्तिक २ गते २०७९ मा प्रकाशित




कबड्डी पुरुषतर्फ त्रिभूवन आर्मी क्लव र सुदुर पश्चिम प्रदेशका प्रतियोगि खेलाडीहरु । तस्विर : नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्र्तगत कबड्डी पुरुषतर्फ त्रिभूवन आर्मी क्लव र लुम्बिनी प्रदेश फाइनल प्रवेश गरेका छन् ।
बुधबार सम्पन्न सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन त्रिभूवन आर्मी क्लवले सुदुर पश्चिम प्रदेशलाई ३६ – २१ पोइन्टले पराजित गर्दै फाइनल प्रवेश गर्दा अर्को खेलमा लुम्बिनी प्रदेशले नेपाल प्रहरी क्लवलाई २७–१० पोइन्टले पराजित गर्दै फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो ।

कबड्डी पुरुषतर्फ फाइनल प्रवेश गरेको त्रिभूवन आर्मी क्लवका खेलाडीहरु सामुहिक तस्विर खिचाउँदै । तस्विर :नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी

फाइनल चरणमा प्रवेश गरेका आर्मी र लुम्बिनीले लिग चरणका खेलमा अपराजित रहँदै समुह विजेता घोषित भए ।
प्रतियोगिताम सुदुर पश्चिम प्रदेश र नेपाल प्रहरी क्लवले समान ३ जित र २ पराजय वेहोदै समुह उपविजेता बन्दै कास्यमा सिमित हुन पुगे ।

कबड्डी पुरुषतर्फ फाइनल प्रवेश गरेको लुम्बिनी प्रदेशका खेलाडीहरु सामुहिक तस्विर खिचाउँदै । तस्विर : नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी

यसअघि, आज नै सम्पन्न भएको लिग चरणको अन्तिम खेलमा त्रिभूवन आर्मी क्लवले प्रदेश नम्वर १ लाई ३७ –११ पोइन्टले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्दा सुदुरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशसँग ४४–२६ पोइन्टले पराजित बेहारेपनि सेमिफाइनलमा यसअघिका प्रर्दशनका आधारमा सेमिफाइनमा स्थान बनाएको थियो भने नेपाल पुलिसले मंगलबारको खेलमा गण्डकी प्रदेशलाई ५८–५४ पोइन्टले पराजित गर्र्र्दै सेमिफाइनलको यात्रा तय गरेको थियो ।

आज नै भएको लिग चरणको खेलमा मधेश प्रदेशले सशस्त्र प्रहरीलाई ४०–३७ पोइन्टले पराजित गरेपनि दुवै टिम बाहिरीन पुगे ।

कबड्डी पुरुषतर्फ सेमिफाइनल चरणको खेल खेल्दै लुम्बिनी प्रदेश र नेपाल प्रहरीका खेलाडीहरु । तस्विर : नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी

यसअघि प्रतियोगितामा बाग्मती प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश भने मंगलबारनै बाहिरी सकेका छन् ।

यस्तै, महिला कबड्डीतर्फ त्रिभूवन आर्मी क्लव र नेपाल प्रहरी क्लव फाइनल प्रवेश गरिसकेका छन् ।

बुधबार सम्पन्न सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन त्रिभूवन आर्मी क्लवले लुम्बिनी प्रदेशलाई २३– ६ पोइन्टले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । यस्तै अर्को विभागिय टोली नेपाल प्रहरी क्लवले सशस्त्र प्रहरी बललाई ३२– २९ पोइन्टले पराजित गर्दै फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो ।

फाइनल चरणमा प्रवेश गरेका आर्मी र नेपाल प्रहरीले लिग चरणका खेलमा अपराजित रहँदै समुह विजेता घोषित भए ।
प्रतियोगितामा लुम्बिनी प्रदेश र सशस्त्र प्रहरी बलले समान ३ जित र २ पराजय वेहोर्दै समुह उपविजेता बन्दै कास्यमा सिमित हुन पुगे ।

प्रतियोगिता अन्र्तगत भोलि (बिहीबार) बिहान ८ बजे स्वर्ण र रजत पदकका लागि पुरुषतर्फ त्रिभूवन आर्मी क्लव र लुम्बिनी प्रदेश आम्नेसाम्ने हुँदा महिलातर्फ त्रिभूवन आर्मी क्लव र नेपाल प्रहरी क्लवविच उपाधीका लागि प्रतिस्पर्धा हुनेछ ।

आर्मी यसअघि सातौं र आठौं राष्ट्रिय खेलकुदमा पुरुष तथा महिला कबड्डीको दुवैमा स्वर्ण विजेता हो ।

प्रतियोगितामा महिला तथा पुरुषमा गरि सात प्रदेश र ३ विभागिय गरि समान १० टिमको सहभागिता रहेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।