राष्ट्रिय खेलकुद: पदक तालिकामा आर्मीको अग्रता कायम


     एभरेस्ट आवाज    
     कार्तिक ३ गते २०७९ मा प्रकाशित




नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत अंकतालिकामा विभागीय आर्मीले अग्रता कायम गरेको छ।

हालसम्मको खेल अपडेटअनुसार प्रतियोगिताको २८० स्वर्ण पदकको छिनोफानो हुँदा आर्मी १२२ स्वर्णसहित अग्रता कायम गरेको छ। आर्मीले ७७ रजत र ६२ कास्यसहित २६१ प्दक जित्दै अंकतालिकामा अन्य टिमलाई फराकिलो अन्तरले अग्रता कायम राखेको छ।

आर्मीपछि अर्को विभागीय क्लब नेपाल पुलिसले ४६ स्वर्ण, ४३ रजत र ५० कास्य गरी १३९ पदक जित्दै दोस्रो स्थानमा छ।

त्यसैगरी, अर्को विभागीय क्लब सशस्त्र प्रहरी बलको एपीएफ ३७ स्वर्ण, ४४ रजत र ६६ कास्य गरी १४७ पदकसहित तेस्रो स्थानमा छ।

घरेलु गण्डक प्रदेशले २४ स्वर्ण, २३ रजत र ४४ कास्य गरी ९१ पदक जित्दै चौथो स्थानमा छ।

बागमती प्रदेश १९ स्वर्ण, ३६ रजत र ४५ कास्य गरी १०० पदक जित्दै पाँचौ स्थानमा छ।

गैरआवासीय नेपालीहरुको संघ (एनआरएनए) ले १० स्वर्ण, ७ रजत र ६ कास्य गरी २३ पदकसहित छैटौं स्थानमा छ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशले ८ स्वर्ण, ४ रजत र २५ कास्य गरी ३७ पदकसहित सातौं स्थानमा छ।

प्रदेश–१ ले ५ स्वर्ण, २१ रजत र ३५ कास्यसहित ६१ पदकसहित आठौं स्थानमा छ।

मधेश प्रदेशले ५ स्वर्ण, ७ रजत र २० कास्य गरी ३२ पदक जित्दै नवौं स्थानमा छ।

लुम्बिनी प्रदेशले ३ स्वर्ण, १६ रजत र २९ कास्य गरी ४८ पदकका साथ दशौं स्थानमा छ।

कर्णाली प्रदेशले १ स्वर्ण, २ रजत र ९ कास्य जित्दै १२ पदकसहित अन्तिममा छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।