मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको माहौल तात्दैछ।
अहिले यतिखेर, राजनीतिक दलका नेता तथा उम्मेदवारलाई आउँदो चुनावले व्यस्त बनाएको छ।
यसैबीच, गण्डकी प्रदेश कास्की निर्वाचन क्षेत्र नम्बर १ (ख) का प्रदेश सभाका प्रत्यक्षतर्फ नेकपा एमालेका उम्मेदवार वेदबहादुर गुरुङ (श्याम) र प्रदेशतर्फ एमालेको समानुपातिक उम्मेदवार नन्दाकला नेपालीले बुधवार पोखरा–१० का मतदाताहरुका गुनासाहरु सुन्ने र स्थानीय समस्याहरु बुझ्ने गरेका छन्। एमाले उम्मेदवारहरुले धेरै बोलेर भन्दापनि काम गरेर देखाउने विश्वास व्यक्त गर्दै जनगुनासो सुन्ने गरेको बताएका छन्।
यसैक्रममा वडाबासीहरुले अहिलेदेखि नै उम्मेदवारलाई भोलिका काम र समस्या समाधानका लागि आफ्ना कुराहरु सुनाए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







