नेकपा एमाले कास्की क्षेत्र नम्बर ३ का नेकपा एमाले नेता कार्यकर्ता आगामी प्रतिनिधि तथा प्रदेश सभाको तयारीमा जुट्दैछन्।
चुनावकै तयारीस्वरुप एमालेले क्षेत्र नम्बर ३ को निर्वाचन क्षेत्रीय समन्वय कमिटीको कार्यालय स्थापना गरेको छ।
एमाले पोलिटब्यूरो सदस्यद्वय जगत विश्वकर्मा, सीता गिरि ओली, प्रतिनिधिसभा र प्रदेश सभा उम्मेद्वारको उपस्थितिमा पोखरा २ मिरुवामा क्षेत्र नम्बर ३ को निर्वाचन क्षेत्रीय समन्वय कमिटीको कार्यालय स्थापना गरेको हो।
एमालेको तर्फबाट कास्की ३ मा प्रतिनिधिसभा सदस्यमा दामोदर पौडेल बैरागी, प्रदेश सभा ‘क’ मा गणेशमान गुरुङ र प्रदेश सभा ‘ख’ मा राजीव पहारी उम्मेदवार छन्।
कार्यालय स्थापनापछि बोल्दै प्रतिनिधिसभा उम्मेवार पौडेलले गठबन्धनलाई हराएर जनताले आफूलाई रोज्ने दाबी गरे। उनले कास्की क्षेत्र नम्बर ३ पर्यटकीय संभावना बोकेको ठाउँ भएकाले पर्यटन केन्द्रीत योजना ल्याउनेमा आफ्नो ध्यान जाने बताए।
पर्यटकको बसाइँ लम्ब्याउन फेवाताल आउने पर्यटकलाई कास्कीकोटदेखि पञ्चासेसम्म लैजान आवश्यक रहेको उनले बताए। त्यसका लागि गन्तव्य पहिचान र प्रवद्र्धनका योजना ल्याउने उम्मेद्वार बैरागीले सुनाए।
अर्का उम्मेद्वार पहारीले पछिल्लो पाँच वर्षमा सक्दो जनतामैत्री काम गरेको बताए। आफूले गरेको काम देखेर पार्टीले पनि पत्याएको र मतदाताले पनि फेरि जिताउने उनको भनाई थियो । पहारी २०७४ सालको निर्वाचनमा पनि कास्की क्षेत्र नम्बर ३ ख बाटै निर्वाचित भएका थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







