राष्ट्रिय खेलकुद: पुरुष फुटबल र भलिबलको फाइनल आज


     एभरेस्ट आवाज    
     कार्तिक ३ गते २०७९ मा प्रकाशित




नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुषतर्फको फुटबल र भलिबलको फाइनल खेल आज हुँदैछ।

पोखरा रंगशालामा आज दिउँसो साँढे २ बजे फाइनल हुने जनाइएको छ। त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब फाइनल भिड्ने भएका छन्। पुरुष फुटबलमा गण्डकी प्रदेशले कास्य जितेको छ।

गण्डकीले सुदूरपश्चिमलाई १–० ले हराउँदै कास्य जितेको हो।

त्यस्तै, पुरुषतर्फकै भलिबल खेलको फाइनल पनि आज हुँदैछ। भलिबलमा पनि विभागीय डर्बी आर्मी र सशस्त्रकै बीच हुनेछ। भलिबलमा ३ सय टिकट दर तोकेको छ।

भलिबलको फाइनल आज दिउँसो ११ बजे हुने जनाइएको छ। महिला भलिबलमा भने विभागीय पुलिसलाई हराउँदै एपीएफले स्वर्ण पदक जितिसकेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।