नवौं राष्ट्रिय खेलकुद : महिला फुटबलमा एपिएफलाई स्वर्ण


     एभरेस्ट आवाज    
     कार्तिक ३ गते २०७९ मा प्रकाशित




स्याङ्जा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबल प्रतियोगितमा एपिएफले स्वर्ण जितेको छ ।

वालिङ खेल मैदानमा बिहिबार नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै एपिएफले स्वर्ण जितेको
खेलको १० औँ मिनेटमा एपिएफकी सावित्रा भण्डारीले पहिलो गोल गरेर समुहलाई अगाडी बढाएकी थिईन् । खेलकोे ५२ मिनेटमा सावित्राले पुनःअर्को गोल गर्दे गोल संख्या दोब्बर बनाइन ।

७६ औँ मिनेटमा नेपाल पुलिस क्लबकी निरु थापाले एक गोल गर्दे जितको संभावना जिवित राखिन । निकै नै प्रतिस्पर्धात्मक भएको खेलमा पुलिसको लागि निरु थापाले गरेको एक गोल स्वर्णको लागि प्रयाप्त भएन । र पुलिसले रजतमै चित्त बुझाउन प¥यो ।

महिला फुटबलको कास्य पदक विभागिय आर्मीलाई

महिला फुटवलको कास्य पदक त्रिभुवन आर्मी फुटवल क्लबले जितेको छ ।

त्रिभुवन आर्मीले ७–० गोल अन्तरले प्रदेश नम्बर १ लाई पराजित गर्दे कास्य जितेको हो ।

खेलको तेस्रो मिनेटमा आर्मीकी हिमा चौधारीले गोलको खाता खोलेकी थिइन ।
खेलको ५ औँ मिनेटमा अमिसा कार्कीले अर्को एक गोल गर्दे गोल संख्या दोब्बर बनाइन । खेलको ३५ औँ र ४१ औं मिनेटमा एक एक गोल गर्दे ह्याट्रिक पुरा गरिन ।

यस्तै खेलको ४३ औँ मिनेटमा चन्द्रा भण्डारीे,६१ औँ मिनेटमा गंगा गुरुङ र ७१ औं मिनेटमा कुसुम खतिवडाले समान एक एक गोल गरेकी थिइन ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।